सुदर्शन र सुप्रियाको इन्गेजमेण्ट

लेन्सनेपाल २०७८ भाद्र २१
सुदर्शन र सुप्रियाको इन्गेजमेण्ट

निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया कटुवालले इन्गेजमेन्ट गरेका छन् । परिवार र नजिकका आफन्तको उपस्थितिमा उनीहरुले सोमबार राजधानीमा औँठी साटासाट गरेका हुन् ।

निर्देशक थापाको जन्मदिनको अवसर पारी उनीहरुको इन्गेजमेण्ट भएको हो । केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले इन्गेजमेण्ट गरेसँगै आगामी असोजको २२ गते विवाह गर्ने निर्णय समेत गरेका छन् ।

थापा नेपाली चलचित्रका सफल निर्देशक हुन् भने कटुवालले म्यूजिक भिडियो हुँदै साढे ७ नामको चलचित्रमा अभिनय गरेकी छिन । हाल उनी एपी वान टेलिभिजनमा समाचार वाचिकाका रुपमा कार्यरत् छिन् ।