कलाकारलाई भन्दा मेकरलाई प्राथमिकतामा राख्नु पर्ने सुदर्शनको भनाई

चलचित्र निर्देशकको अभिब्यक्तिको माध्यम हो । पर्दामा देखाईने हरेक विषयवस्तुको प्रस्तुति निर्देशकको सोच अनुसार फरक फरक हुने गर्छ । सायद यसैले होला अचेल कलाकार सँगै निर्देशकको नामले पनि चलचित्र थोरै–धेरै चल्न थालेका छन् ।
निर्देशक सुदर्शन थापा यतिबेला चलचित्रमा कलाकारको भन्दा मेकरको भूमिका महत्वपूर्ण हुने कुराको वकालत गरिरहेका छन् । आफ्नो चलचित्र ‘सम्हालिन्छ कहिले मन’को प्रचारमा व्यस्त सुदर्शनले आइतबार राजधानीमा सिमित सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यही कुरामा जोड दिएका छन् । मेकरलाई भन्दा कलाकारलाई बढी प्राथमिकता दिदा नेपाली चलचित्र चुक्दै गएको उनको ठम्याई छ । कलाकारलाई प्राथमितामा राखेर चलचित्रको पुरै भारि बोइने गरेको भन्दै उनले त्यसको सम्पूर्ण जिम्मा निर्देशशको काँधमा हुन्छ भन्ने भुल्न नहुने बताए ।
आफुले निर्देशन गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ बिदेशी ए ग्रेडकै चलचित्रको हाराहारिमा मेकिङ गरेको उनको भनाई छ । नेपाल वा नेपाल बाहिर जहाँ छायाँकन गरे पनि नेपाली चलचित्रमा नेपाली कै भावना हुने उनाको भनाई छ । लण्डनमा छायाँकन भएको यो चलचित्रले नेपाली भावनाकै प्रतिनिधित्व गर्नेछ । आफ्नो नजरमा चल्ने जति सबै राम्रा र नचल्ने जति सबै नराम्रा चलचित्र भएको भन्दै उनले ‘सम्हालिन्छ कहिले मन’ राम्रो हुने बिश्वास लिए ।
प्रेम कथाको चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा र गायक सोनम तोप्देनको समेत अभिनय छ । चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित हरेको छ । आफुले माया गर्ने र आफुलाई माया गर्ने व्यक्ति बिचको प्रेमकथा चलचित्रमा देखाइएको छ । अभिनेत्री पूजा शर्माले आफ्नो वास्तविक जीवनसँग ‘सम्हालिन्छ कहिले मन’ को कथावस्तु निकट रहेको बताइन् । यस्तै अभिनेता आकाशले पनि चलचित्रमा आफ्नो यस अगाडिको भन्दा भिन्न भूमिका रहेको बताए । यसै चलचित्रमा अभिनयमा डेब्यु गरेका हुन् गायक सोनमले । उनले चलचित्रको कथा अनि आफ्नो भूमिका मन परेकोले अभिनय गरेको बताए ।
लण्डन, दुबई र नेपालको उपल्लो मुस्ताङमा छायांकन भएको चलचित्रको नाम गायक सुगम पोखरेलले करिब १२ वर्षअघि गाएको हिट गीतबाट राखिएको हो । भाद्र १७ गतेबाट प्रदर्शन हुने चलचित्र एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको हो ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal