चलचित्र ‘सतीदेवी’को फष्टलुक पोस्टर सार्वजनिक

२०८० मंसिर ८
चलचित्र ‘सतीदेवी’को फष्टलुक पोस्टर सार्वजनिक

लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नारीप्रधान चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टरमा केन्द्रीय भूमिकामा रहेको अभिनेत्री मलिका महत फिचर्ड छिन् । सार्वजनिक पोस्टरमा मल्लिका महतलाई जुत्ताको माला लगाउनुको साथै कालोमोसो पोतिएको छ । उनलाई पछाडी एकहुल मानिसले लखेटी रहेको पनि देख्न सकिन्छ । बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रले बोल्ने लेखक तथा निर्देशक सुवेदीले बताए ।

पोस्टरमा लेखिएको छ ‘इश्वरको उपहार,सृष्टि धान्छन्,होइनन् कर्महारा । छोरी बुझौं,छोरी पुझौँ,यिनै संसार सारा । यो लेखाईले चलचित्रले नारीको कथा बोल्ने प्रस्ट हुन्छ । चलचित्रमा महतको अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,संदेश लिम्बु,पवन केसी,जगदीश अधिकारी लगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी,दिलासा र सारा सुवेदी छ्न ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रमा दीपक शर्मा र सुवास भुसालको संगीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौँ र लमजुङको विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रको हाल पोस्ट प्रोडक्सनको कार्य अन्तिम चरणमा छ । चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।

Mahajatra