नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘सतीदेवी’ सर्वोत्कृष्ट

बिभिन्न १६ बिधामा अवार्ड प्रदान गर्दै तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव सम्पन्न भएको छ । रामेछापमा सम्पन्न महोत्सवमा चलचित्र ‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ भने यसै चलचित्रबाट लक्ष्मण सुवेदीले सर्वोत्कृष्ट स्कृनप्ले र अभिनेत्री मल्लिका महतले सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड प्राप्त गरेकी छन् ।
यस्तै निश्चल बस्नेतले ‘दिमाग खराब’बाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाउँदा यसै चलचित्रबाट स्वस्तिमा खड्काले सर्वोत्कृष्ट अभिनेत्री, राजेन्द्र मोक्तानले सर्वोत्कृष्ट रंग संयोजन र सिनेमा अर्टस् नेपालले सर्वोत्कृष्ट प्रोडक्सन कम्पनीको अवार्ड पाए ।
महोत्सवमा चलचित्र ‘नाङ्गो गाउँ’बाट दयाहाङ राईले सर्वोत्कृष्ट अभिनेता र बनिश शाहले सर्वोत्कृष्ट सम्पादकको अववार्ड पाए । यस्तै चलचित्र ‘बिच्छेद’ले जुरी मेन्सन अवार्ड पायो भने यही चलचित्रबाट संकल्प भुजेल सर्वोत्कृष्ट छायाँकार घोषित भए । ३ दिन सम्म चलेको महोत्सवमा बिभिन्न चलचित्रहरु प्रदर्शन गरिनुका साथै बिभिन्न १६ बिधामा अवार्ड समेत प्रदान गरिएको थियो ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi