‘सानो मन’को ‘रानो कम्मर’ सार्वजनिक

चलचित्र ‘सानो मन’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच चलचित्रमा समावेश ‘रानो कम्मर’ बोलको गीत सार्वजनिक गरिएको हो । कल्याण सिंह र रोमन बज्राचार्यको संगीत रहेको गीतमा रवी मल्ल र रोमज बज्राचार्यको शब्द तथा रोमन बज्राचार्य, सिम्मा गुरुङ र सुयोग गुरुङको स्वर छ । सार्वजनिक गीतमा भिडियोलाई साजन सिंहले कोरियोग्राफी गरेका हुन् । साजन बलिउड सुपरस्टार सलमान खानमा प्रर्सनल डान्स ट्रेनर हुन् । उनले पहिलो पटक नेपाली सिनेमाको गीतमा कोरियोग्राफी गरेका हुन् । गीतमा आयुष्मान देसराज जोशी, शिल्पा मास्केलगायतका कलाकारलाई फिचर्ड गरिएको छ ।
सुयोग गुरुङको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक गीत तिस लाख लागतमा तयार भएको जनाइएको छ । गीत रिलिजसँगै चलचित्रको प्रदर्शन मिति पनि फाइनल गरिएको हो । यो चलचित्र असार २० गतेबाट प्रदर्शन हुनेछ । चलचित्रमा समिर सुनवार र निर्देशक गुरुङको कथा, निर्देशक गुरुङ र मिलन श्रेष्ठको सम्पादन र आलोक सुक्लाको छायाँकन रहेको छ ।
चलचित्रमा आयुष्मान र शिल्पाका अलवा गौरी मल्ल, रश्मी भट्ट, विशाल पहाडी, शिशिर बाङ्देल, सक्षक कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, लक्ष्मी भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रका निर्माता योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले जनाएका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal