विरताको कथामा चलचित्र ‘रुमालै छ चिनो’

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एक्सन र रोमान्सका दृष्यहरु समावेश गरिएको छ । गोर्खाली सैनिकको विरताको कथामा निर्माण गरिएको चलचित्र एक्सन र लभस्टोरीको समिश्रण भएको बताइएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
कुनै समयको हिट लोक दोहोरी गीत रुमालै छ चिनोको नाम सापटी लिएर गीतकार रेशम थापाले चलचित्र निर्माण गरेका हुन । चलचित्रलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका छन् । फाल्गुन १० गतेलाई प्रदर्शन मिती घोषणा गरेको चलचित्रमा सुशान्त कार्की अप्सना थापा, किशोर खतिवडा, संचिता लुइँटेल, सुरबीर पण्डित, रश्मी भट्ट, मिथिला शर्मा, लक्ष्मण बिक्रम बस्नेत सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारको अभिनय रहेको छ ।
ज्योती फिल्मस्को ब्यानरमा बनेको चलचित्रमा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले लगानी रहेको छ । चलचित्रमा बिनोद सापकोटाको छायाँकन र शिब थारुको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal