‘महाराजधिराज’बाट बाहिरिए पल शाह

चलचित्र ‘महाराजधिराज’ निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले अभिनेता पल शाह (पूर्ण बिक्रम शाह) सँगको सम्झौता अन्त्य गरेको छ । चलचित्र प्रस्तुतकर्ता बिराज विष्टले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै सम्झौता अन्त्यको जानकारी दिएका हुन् ।
दुवै विच भएको भनिएको यसअघिको सम्झौता अन्त्य गर्ने सम्झौतामा अब उप्रान्त यस विषयलाई लिएर दुवै पक्षबाट कुनै पनि प्रकारको कुराकानी नहुने उल्लेख गरिएको छ । उनीहरु बिच तेस्रो पक्षबाट आउने ‘कहाँ’, ‘किन’, ‘कसरी’, ‘कसले’ जस्ता प्रश्नहरूको विषयमा दुवै पक्षले कुनैपनि उत्तर दिने नदिने सहमति समेत भएको छ । यदि कुनै पक्षले यो बिषयलाई उचालेर कुनै आर्थिक वा सामाजिक हानि - नोक्सानी हुन गएमा, त्यसको जिम्मेवारी सम्बन्धित पक्षले बेहोर्ने कुरामा दुवै पक्ष सहमत भएको विष्टले जारी गरेको सूचनामा उल्लेख छ ।
निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट र पल शाह बिच चलचित्र ‘महाराजधिराज’का लागि २०८१ कार्तिक १४ गते सम्झौता भएको थियो । पलको दोहोरो भूमिकामा रहने संकेत सहित पोष्टर समेत सार्वजनिक गरेको निर्माण टिमले दुवै पक्षको आपसी सहमतिमानै यो सम्झौता अन्त्य गरिएको जनाएको छ ।
परिच्छेद सेनको निर्देशन रहने चलचित्रमा उषा रजक, आर्यन सिक्देल, रमेश उप्रेती, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, जयकिशन बस्नेत, गजित विष्ट, आशा पौडेललगायत कलाकारको अभिनय रहने छ ।
चलचित्रका प्रस्तुतकर्ता विराज बिष्ट हुन् भने निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।
Latest Updates
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak