चार संगीतकर्मीलाई प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानको सम्मान
गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले चार संगीतकर्मीलाई सम्मान गरेको छ । राजधानीमा आयोजित कार्यक्रमका बिच गायिका मिरा राणा, सङ्गीत निर्देशक मोहनकृष्ण कार्की ढली, गायक सुरजकुमार थापा र गायक चन्द्र सिंघले बिभिन्न शिर्षकमा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले प्रधानको जन्म जयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा सङ्गीतकर्मीलाई सम्मान गर्दै आएको छ ।
प्रतिष्ठानले गायिका मिरा राणालाई नगद १ लाख १ रुपैयाँसहित ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ अर्पण गरेको छ । कार्यक्रममा गायिका राणा अनुपस्थित भएका कारण उनका भाइ विजेन्द्र मिश्रले उक्त सम्मान ग्रहण गरेका थिए ।
यस्तै सङ्गीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपैयाँसहित ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मान २०८२’ अर्पण गरियो ।
यस वर्षको ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार २०८२’बाट नगद ५० हजार रुपैयाँसहित गायक सुरजकुमार थापालाई सम्मानित गरियो भने ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत सम्मान २०८२’ नगद २५ हजार रुपैयाँसहित गायक चन्द्र सिंघलेलाई प्रदान गरियो ।
प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानकी पत्नी किरण प्रधान, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, गीतकार दिनेश अधिकारीलगायतले संयुत्तः रुपमा सम्मान र पुरस्कार प्रदान गरे । कार्यक्रममा गीतकार अधिकारीले प्रधानको व्यक्तिगत तथा साङ्गीतिक जीवनबारे चर्चा गर्दै उनी व्यक्तिको रूपमा पनि निकै सरल र असल स्वभावका रहेको बताए ।
प्रधानको नाममा २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृति प्रतिष्ठानको स्थापना भएको हो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
