धनगढीमा ‘सिनेमा संवाद’ हुने
सुदुरपश्चिम प्रदेशमा पहिलो पटक ‘सिनेमा संवाद’ कार्यक्रम हुने भएको छ । जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा जेष्ठ ३१ गते धनगढीमा उक्त कार्यक्रम हुन लागेको हो ।
बहस, संवाद र सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक जेडी एसोसियट्सका प्रबन्ध निर्देशक दिनेश भण्डारीले जानकारी दिए ।
कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सामाजिक प्रभाव, बजारका चुनौती र सिनेमा–समाज सम्बन्धबारे छलफल गरिने जनाइएको छ । सुदूरपश्चिमका दर्शकमाझ बढ्दो चलचित्र चासोलाई व्यवस्थित दिशातर्फ लैजान र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्दै यस प्रदेशमा चलचित्र मार्फत पर्यटन प्रबद्र्धन गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग जोडेर सुदुरपश्चिम र यहाँको पर्यटन तथा सम्भावनाका बिषयमा छलफल हुनेछ । कार्यक्रममा सहभागी हुन मुलधारका चर्चित कलाकार र कलाकर्मीहरु धनगढी पुग्ने जनाइएको छ ।
आजको पुस्ता चलचित्रप्रति आकर्षित भए पनि यसको गहिरो पक्ष, विशेषतः सन्देश, निर्माण प्रक्रिया र सामाजिक प्रभावबारे खुला संवादको सुदुरपश्चिममा अभाव रहेकोले यो कार्यक्रम आयोजना गर्न लागेको चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमका अध्यक्ष पुष्पराज जोशीले बताए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता विराज भट्ट, अभिनेता दिव्य देव पन्त, पुष्प खड्का, अभिनेत्री सुरक्षा पन्त, उपासना सिंह ठकुरी लगायतका कलाकार सहभागी हुने जनाइएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
