रिलिज भयो ‘महाभोज’, देशभर २०० शो
चलचित्र ‘महाभोज’ आजदेखि प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित चलचित्रले करिब २०० शो पाएको निर्माण पक्षले जनाएको छ । सहकारी ठगी प्रकरणलाई मुख्य बिषय बनाएको चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, मोहन निरौला, वसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ ।
काठमाडौंमा केही दिनअघि प्रिमियर भइसकेको ‘महाभोज’को हालै पोखरा र बुटवलमा पनि विशेष शो सम्पन्न भएको छ । यसै क्रममा बिहीबार एकै दिन विराटनगर र धरानमा पनि प्रिभ्यु शोहरू सम्पन्न भएका छन् । यी शोमा सहभागी दर्शकहरूले चलचित्रप्रति निकै उत्साह देखाएका छन् ।
प्रिभ्यु शोहरूमा समाजका प्रतिष्ठित व्यक्तिहरू, पत्रकारहरू, र केही सहकारी पीडितहरू पनि सहभागी थिए । विशेष गरी सहकारी पीडितहरूले यो चलचित्र सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन् । उनीहरूले चलचित्रले यथार्थपरक चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने बताए। ।
‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
