सय रुपैयाँमै ‘अञ्जिला’ हेर्न पाइने
चलचित्र ‘अञ्जिला’ प्रदर्शनको सय दिनको नजिक पुगेको छ । क्युएफएक्स चेन अन्र्तगत काठमाडौंको सामाखुसीस्थित सिटी स्क्वायर मलमा चलचित्रले असार ५ गते प्रदर्शनको सय दिन पुरा गर्नेछ ।
चलचित्रले प्रदर्शनको सय दिन पुरा गर्न लागेको अवसरमा दर्शकले सय रुपैयाँमै यो चलचत्र हेर्न पाउने भएका छन् । क्यूएफएक्स चेनले बिहिबार बाट ‘अञ्जिला’लाई एक सय रुपैयाँमा देखाउने निर्णय गरेको छ । क्यूएफएक्सले टिकटको मुल्य आधाभन्दा धेरै घटाएपछि बिहीबार चलचित्रलाई प्राप्त ३ शो नै लगभग हाउसफूल भएका छन् ।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले सय दिन नजिक पुग्दै गर्दा क्युएफएक्स सिनेमाजले निरन्तर प्रदर्शनमा रहेको हलसहित देशभरका अन्य केही हलमा समेत चलचित्र देखाउने जनाए । उनले भने, ‘दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ । तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा चलचित्र देखाउने भनेको छ । यसमा हामीले पनि समर्थन गरेका छौँ । सय दिनसम्म ऐतिहासिक रिलिज भइरहनु नेपाली चलचित्रको लागि सुखद कुरा रहेको कारण यो चलचित्र हेर्न चाहेका सबै दर्शकले हेर्न पाउन् भन्ने उद्देश्य लिएका छौँ ।’
मिलन चाम्सले निर्देशन गरेको चलचित्र गत वर्ष फागुन २९ मा रिलिज भएको हो । २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको चलचित्रले हालसम्म १० करोड हाराहारीको व्यापार गरेको देखिन्छ । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्रको शिर्ष भूमिकामा एन्जिला आफैँले अभिनय गरेकी छिन । चलचित्रमा उनी सहित दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
