पल शाह प्रकरणमा रेखाको व्यङ्ग्य – गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिए

नायिका रेखा थापाले पल शाह प्रकरणमा चोकचोक र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिरहेको बताएकी छिन । उनले गल्लीगल्लीमा न्यायाधीश जन्मिएको भन्दै अदालतको काम भन्दै व्यङ्ग्य समेत गरेकी छिन । महिला दिवसका सन्दर्भमा मंगलबार राजधानीमा आयोजित सडक बहस कार्यक्रममा बोल्दै रेखाले यस्तो बताएकी हुन् ।
कार्यक्रमलाई समबोधन गर्दै रेखाले नाबालिका हाम्रो समाजको दायित्व हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा आफुलाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखिएको उल्लेख गर्दै त्यस्ता कुराले आफुहरु अझै सतीप्रथामा छौं कि क्याहो जस्तो महुसस भएको बताएकी छिन । उनले अगाडी थपिन – ‘महिलालाई तिमीहरू सहेर बस, तिमीहरू नै खराब भन्ने खालको सोच देखियो । जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्ने होला त ? चेतनाको स्तर कहिले बढ्छ हाम्रो ? महिलालाई श्रृंगारिक वस्तुको रूपमा मात्रै प्रस्तुत गरेर हुन्छ त ? हामी नडराउँ । म नेताको विरुद्धमा पनि जान सक्छु यदि गलत छ भने ।’
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘सडक बहस’ गरेको हो । राजधानीको प्रदर्शनीमार्गस्थित सडकमा ‘महिला : हिजो, आज र भोलि’ विषयमा सडक बहस भएको हो ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal