रबिन्द्र मिश्र भन्छन – ‘प्रकाश’ नहेरेको भए पछुतो हुने रहेछ

पूर्व सञ्चारकर्मी तथा विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष रबिन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ नहेरेको भए आफुलाई पछुतो हुने बताएका छन् ।
मंगलबार राजधानीको लबिङ मलमा श्रीमति सहित चलचित्र हेरेका मिश्रले सामाजिक सञ्जालमा लामो स्टाटस् हेर्दै ‘प्रकाश’ले आफुलाई रुवाएको उल्लेख गरेका छन् । साथै मिश्रले छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बुबाआमालाई आग्रह समेत गरेका छन् ।
मिश्रले अगाडी लेखेका छन् – ‘गरिवी, माओवादी द्वन्द्व, समाज÷शिक्षाको चरम राजनीतिकरण र एउटा असल युवाको सरकारी शिक्षक बन्ने सपनाको दुखान्त समिश्रण हो – ‘प्रकाश’ । लेखन, निर्देशन, अभिनय र प्रस्तुति सबै दृष्टिकोणबाट सिनेमा उत्कृष्ट छ । राम्रो र शक्तिशाली सिनेमा बनाउन गीत, संगीत, नृत्य नभए पनि हुन्छ र विषयवस्तु सामान्य भए पनि हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो – ‘प्रकाश’ । सामान्य विषयवस्तुले कलात्मकरूपमा जिवन्तता पाएको छ । मेरो बुबाले भन्नुहुन्थ्यो, ‘कलामा विषयवस्तु होइन प्रस्तुति प्रधान हुन्छ । प्रकाश नहेरको भए पछुतो हुने रहेछ ।’
चलचित्र ‘प्रकाश’लाई दर्शक र समिक्षकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । ‘वर्ड अफ माउथ’मा अब्बल हुँदा मल्टिप्लेक्सहरुमा चलचित्रको शो पनि बढ्दै गएको छ ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ । जुम्लामा छायाँकन भएको चलचित्रलाई विकास सुबेदीले लेखेका हुन् भने महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।
यसैबिच बुधबार साँझ माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले पनि चलचित्र हेर्ने जनाइएको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal