सेयर बाँडफाँडमा नयाँ सहमति, अब निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत पाँउने

चलचित्र निर्माता र प्रदर्शक बिच सेयर बाँडफाँडमा नयाँ सहमति जुटेको छ । केही दिन देखि चलेको निरन्तरको छलफल तथा मंगलबार र बुधबार भएको द्विपक्षिय वार्ताबाट अब निर्माता र प्रदर्शकले नेपाली चलचित्रको प्रदर्शन अबधीभर ५०–५० प्रतिशत शेयर बाँडफाड गर्ने सहमति जुटेको हो ।
सहमतिपछि सम्झौता पत्रमा चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सेयर बाँडफाँडको नयाँ ब्यवस्था गत कात्तिक २४ गतेदेखि नै लागु गर्न समेत सहमति भएको छ ।
कात्तिक २४ गतेबाट प्रदर्शन भएको चलचित्र ‘दिमाग खराब’को निर्माण टिमले दोस्रो सातामा शो बाँडफाँडमा बिभेद भएको भन्दै प्रर्दशन स्थगित गर्ने घोषणा गरेको थियो । सोही समय निर्माण टिमले शेयर बाँडफाँडको मुद्धा समेत उठान गरेको थियो ।
यो मुद्धा समाधानका लागि चलचित्र संघले राजकुमार पोखरेल र निर्माता संघले अशोक शर्माको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।
यसअघि प्रदर्शनको पहिलो र दोस्रो हप्ता निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत र तेस्रो हप्तादेखि ३५ र ६५ प्रतिशत सेयर पाउँथे ब्यवस्था थियो ।
Latest Updates
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
-
-
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi