चलचित्र ‘जन्ते बाख्रो’को ‘जन्ते बाख्रो साँझ’ सम्पन्न
चलचित्र ‘जन्ते बाख्रो’ टिमले ‘जन्ते बाख्रो साँझ’ सम्पन्न गरेको छ । शनिबार राजधानीको सिटी स्क्वायर मल प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रचारमा फरक शैली अपनाइरहेको चलचित्र टिमले अभिनेत्री गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर सामाखुसीस्थित बिजी मलबाट कार्यक्रम स्थल सम्म पुर्याएको थियो । ‘जन्ते बाख्रो’ अङ्कित टिसर्ट र बोकाको टाउकोसहितको कटाउटमा केही युवालाई प्रस्तुत पन्चे वाजासहित बिबाहकै शैलीमा गरिमालाई ल्याइएको थियो । कार्यक्रममा निर्देशक सिमोर सुनुवार सहित कलाकारहरु आसिफ शाह, गरिमा शर्मा, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतमलगायत उपस्थित थिए । कार्यक्रममा चलचित्रका गीतहरु घामै राजा, अङ्गुरको झुप्पो, मुकु मुकु म्याका गायक गायिकाहरु बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतले गायन प्रस्तुत गरेका थिए ।
जेठ २३ गते शुक्रबारबाट प्रदर्शन हुने चलचित्रमा सन्तोष गौतमको लगानी रहेको छ । मुईन इन्टरटेनमेन्टद्वारा निर्मित चलचित्रमा प्रदीप भारद्वाजको लेखन, हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
