प्रधानमन्त्री ओलीलाई मन पर्यो ‘क्याप्टेन’

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘क्याप्टेन’ राम्रो बनेको प्रतिक्रिया दिएका छन् । बुधबार साँझ परिवारसहित फिल्म हेर्न गएका प्रधानमन्त्री ओलीले ‘क्याप्टेन’ हेरेपछि सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिदै चलचित्र एकदमै राम्रो बनेको बताए ।
राजधानीको सिटी सेन्टरको बिग मुभिजमा उनले बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्य सँगै चलचित्र हेरेका हुन् । प्रधानमन्त्रीसँगै सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरू समेत चलचित्र हेर्न पुगेका थिए । हलमा पुगेका प्रधानमन्त्रीलाई क्याप्टेनका अभिनेता अनमोल केसीसहित अन्य कलाकारले स्वागत गरेका थिए।
चलचित्रमा अनमोल केसी इशान खड्काको भुमिकामा देखिएका छन् । जुन भुमिकालाई प्रधानमन्त्रीले रुचाए । इशान खड्का इज बेष्ट भन्दै प्रतिक्रिया दिएका ओलीले अनमोल बारेको प्रश्नमा भने आफै ठट्यौली शैलीमा आफुले अनमोल नचिनेको तर, इशान मन परेको बताए ।
बुँधबार सााझ ६ बजेको शो हेर्न प्रधानमन्त्री आउने भएपछि बिग मुभिजको सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रहरीले नै क्याप्टेन हेर्न आएका दर्शकको चेक गरेर मात्र प्रवेश दिएको थियो । तर, प्रधानमन्त्री भने साढे ६ बजेमात्र हलमा आएका थिए । भुवन केसीको निर्माण रहेको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन । चलचित्रले फुटबलर बन्न एक युवाले गरेको संघर्षको कथा देखाएको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal