प्रदर्शनमा आए ‘पिताम्बर’ र ‘कर्मा’

चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आएका छन् । यि दुई चलचित्र यस वर्ष रिलिज हुने अन्तिम चलचित्र हुन् । दुबै चलचित्र एक्सन जनरामा निर्माण भएका हुन् ।
कृषा चौलागाईंको निर्देशन रहेको चलचित्र ‘पिताम्बर’ले उल्लेख्य शो पाएको छ । मल्टीस्टारहरुको अभिनय रहेको चलचित्रले १७० भन्दा बढी शोहरु पाएको छ । चलचित्रका प्रचार सामग्रीहरुले उच्च हाइप क्रियट गरेका कारण पनि हलहरुले चलचित्रलाई उल्लेख्य शो दिएका छन् । चलचित्रका केही शो बिहीबार साँझ नै ‘सोल्डआउट’ भएका थिए भने शुक्रबार बिहानी शोमा पनि दर्शकको उपस्थिति राम्रो छ । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।
विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ ।
यस्तै चलचित्र ‘कर्मा’लाई सौरभ चौधरीले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिव्यदेव लगायतको अभिनय छ । यद्यपी यो चलचित्र पनि एक्सन जनराको हुँदा ‘पिताम्बर’को छायाँमा परेको देखिन्छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal