पल शाहलाई २ वर्ष ६ महिनाको जेल र २५ हजार रुपैयाँ जरिवाना

अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिनाको जेल र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । यस्तै उनलाई पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश जारी गरेको छ ।
मंगलवार यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीको मुद्धामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा उक्त सजाय सुनाएको हो । पीडित र जाहेरवालाले बयान फेरेका कारण पलले जबर्जस्ती करणीको मुद्धामा सफाइ पाएका हुन् । यद्यपी नवलपुर अदालतको आदेशमा असन्तुष्ट पलले त्यसविरुद्ध उच्च अदालतमा जाने तयारी गरेका छन् ।
यस्तै पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइका लागि जिल्ला अदालत तनहुँले असोज २ गतेलाई पेसी तोकेको छ । अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ हुने जानकारी दिए ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाई हुने भनिएको थियो । तर त्यस दिन न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal