‘परदेशी–२’को गीत ‘हिजो काम’ सार्वजनिक

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को गीत सार्वजनिक गरिएको छ । बडादशैंको असवर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम’ बोलको गीत सार्वजनिक गरिएको हो । बुधवार सार्वजनिक गरिएको गीतमा सतिश चापागाईँको शब्द, चलचित्रका अभिनेतासमेत रहेका प्रशान्त तामाङको स्वर र बि.बि अनुरागीको संगीत रहेको छ ।
परदेशीकै कथा भनेको गीतमा केही मनछुने संवादसमेत गीतमा समावेश छन् । गीतमा चलचित्रका शीर्ष कलाकारहरु प्रकाश सपूत, दीलिप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’मा प्रकाश, दीलिप र रमाका अलवा प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ ।
गीतकार रमेश बिजीको लेखन रहेको चलचित्रले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको कथा पेस गर्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरुको कथा–व्यथालाई समेत चलचित्रमा समेटिएको छ । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal