‘परदेशी–२’को पोष्टर सार्वजनिक

आगामी दशैंमा प्रदर्शन हुने चलचित्र ‘परदेशी–२’को पोष्टर सार्वजनिक गरिएको छ । नारायण रायमाझी निर्देशित चलचित्रको पोष्टर बुधबार सार्वजनिक गरिएको हो ।
पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु दिलिप रायमाझी, केकी अधिकारी, प्रकाश सपुत, बर्षा सिवाकोटी र प्रशान्त तामङलाई प्रस्तुत गरिएको छ । पोष्टर हेर्दा केकी डाक्टर र प्रशान्त लाहुरेको भुमिकामा रहेको सहजै बुझ्न सकिन्छ । अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको कथामा चलचित्र बनेको जनाइएको छ । कथाको माग भन्दै नेपाल सहित अमेरिका र भारतको विभिन्न स्थानमा चलचित्रको छायाँकन गरिएको छ ।
रमेश बिजीको कथा रहेको चलचित्रलाई राजेश बंशल र नारायण रायमाझीले संयुक्त रुपमा निर्माण गरेका हुन् । त्यसो त २०७६ साल फागुन १० गते छायाँकनमा जाँदै गर्दा २०७७ को दशैंमा चलचित्र प्रदर्शन गर्ने बताइएको थियो । तर, कोरोना महामारीका कारण चलचित्रको छायाँकन बिचैमा रोकियो । लकडाउन खुले लगत्तै २०७८ को दशैंलाई प्रदर्शन मिति तय गरियो । यो वर्षपनि दशैंमा हल खुल्न सकेनन्, जसका कारण परदेशीको रिलिज थप एक वर्ष पछि धकेलिएको छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal