विभिन्न शहरमा ‘परदेशी–२’को प्रमोसन

आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझि निर्देशित चलचित्र ‘परदेशी–२’ टिम अहिले मोफसल दौडमा छ । निर्माण टिम चलचित्रको लक्षित समुहका दर्शकलाई हलसम्म तान्ने प्रयास शोरुप काठमाडौंको कलेजपछि अहिले नारायणगढ पुगेको हो । त्यहाँका विभिन्न कलेजमा पुगेर निर्माण टिमले दर्शक फकाइरहेको छ ।
चलचित्र युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित छ । स्वभाविक रुपमा यसको लक्षित वर्ग कलेजका विद्यार्थीहरु हुन् । चलचित्रको टिमले पनि प्रचारका लागि कलेज नै रोजेको छ । चलचित्रको कथा बुझाउन नाटक समेत तयार गरिएको छ । त्यही नाटक लिएर काठमाडौंपछि चलचित्रको टिम यतिबेला मोफसल दौडाहामा छ । असोज १२ गतेसम्म पश्चिम नेपालका विभिन्न शहरहरुमा चलचित्रको मोफसल टुर जारी रहनेछ ।
बिहीबार र शुक्रबार नारायणगढका केही कलेजमा नाटक देखाउँदै निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीले त्यहाँका विद्यार्थीहरुलाई परिवारसहित चलचित्र हेर्न निम्तो दिए । अब बुटवल, नेपालगञ्ज र पोखरामा यही शैली अपनाइनेछ । नाटकलाई विद्यार्थीहरुले रुचाएका छन् । नाटक हेर्दा कति विद्यार्थी भावुक भएको निर्देशक रायमाझीले बताए ।
चलचित्रका निर्देशक रायमाझीले ‘परदेशी’ र ‘परदेशी–२’को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु विल्कुलै फरक रहेको दाबी गरेका छन् । चलचित्रले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको निर्देशक रायमाझीको भनाई छ । गीतसंगीतलाई चलचित्र जसरी प्रस्तुत गर्ने गायक तथा संगीतकार प्रकाश सपुत यही चलचित्रबाट ठुलो पर्दाको अभिनयमा डेब्यु गरेका हुन् । उनले चलचित्रको कथा र कथा भन्ने शैली अत्यन्तै सरल रुपमा जोडिएको जानकारी दिए । यस्तै अभिनेत्री केकी अधिकारीले चलचित्रको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको बताइन् ।
अभिनेता प्रशान्त तामाङ अभिनीत २०७२ सालमा रिलिज भएको फिल्म ‘परदेशी’ सुपरहिट भएको थियो । यसपटक पनि उनी चलचित्रमा विशेष भूमिकामा देखिने छन् ।
नीर शाह, दीलिप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको चलचित्र नारायण रायमाझी र राजेश बंशलले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा गीतकार रमेश विजीको कथा लेखन, मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।
दुई दिने नारायणगढ यात्रा सकेर निर्माण टिम भोली नेपालगञ्ज पुग्दै छ । शनिबार त्यहाँका विभिन्न हल र कलेजको पुगेर चलचित्रको टिमले दर्शक भेटघाट तथा प्रचारका विभिन्न कार्यक्रममा सहभागी हुनेछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal