‘परस्त्री’को गीत ‘जीवन भनेको’ सार्वजनिक

आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । चलचित्रकी मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपका तयार पारिको सार्वजनिक गीतले चलचित्रको कथाको बारेमा प्रस्ट्याउने निर्माण टिमको भनाई छ ।
‘जीवन भनेको’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्टका चल अचल दृश्यहरु समावेश गरिएको छ । केके ब्रोदर्सको कम्पोज तथा शब्द रचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । डिएस डिजिटलको व्यानरमा निर्माण भएको चलचित्र नेपाली र हिन्दीमा रिलिज हुनेछ ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको चलचित्रको निरज कँडेल छायांकन गरेका हुन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्रमा कोशिस, शिल्पा र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।
चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल चलचित्रका लेखकसमेत हुन् । पोस्टर रिलिजसँगै चर्चामा रहेको चलचित्रको सार्वजनिक गीत र ट्रेलरले पनि दर्शकको मन जितेका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal