‘परस्त्री’को पहिलो गीत ‘माया बस्यो तिमीसँग’ सार्वजनिक

आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया बस्यो तिमीसँग’ बोलको गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर सुन्न सकिन्छ ।
वाइल्ड रिपर्जको कोरियोग्राफी रहेको गीतमा चलचित्रका मुख्य कलाकार शिल्पा मास्के र अभिनेता गौरव बिष्टलाई फिचर्ड गरिएको छ । केके ब्रोदर्स अर्था कोशिस र केतन क्षेत्रीको कम्पोज र शब्द रचना रहेको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । नेपाली र हिन्दीमा रिलिज हुने चलचित्रको सार्वजनिक गीत मुस्ताङका रमणीय स्थानमा खिचिएको छ ।
सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्रमा शिल्पा र गौरवका अलवा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको चलचित्रमा निरज कँडेलको छायांकन रहेको छ ।
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालको निर्माण रहेको छ । खनाल चलचित्रका लेखकसमेत हुन् । चलचित्रको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ । प्राविधिक काम र रिलिजको चाँजो पाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal