Mansara

‘नेपाल ग्रामिण चलचित्र महोत्सव’मा सेलेक्डेड चलचित्रलाई सर्टिफिकेट

२०८१ बैशाख ४
‘नेपाल ग्रामिण चलचित्र महोत्सव’मा सेलेक्डेड चलचित्रलाई सर्टिफिकेट

‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड काठमाडौँमा सोमबार प्री इभेन्टको आयोजना गरेर प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले छनौटमा परेका चलचित्रलाई प्रमाणपत्र प्रदान गरे ।

सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ६ देखी ८ गते सम्म महोत्सव हुँदैछ । आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ हुने महोत्सवमा टिपिकल गाउँको कथाबस्तुमा आधारित चलचित्र समेटिएको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

महोत्सव रामेछाप नगरपालिकाको रामेछाप बजार स्थित गौरिशंकर उच्च मा.वि.मा सञ्चालन हुनेछ । कार्यक्रममा बोल्दै महोत्सवका संयोजक कमल एक्चै मगरले आफ्नै गृह जिल्ला रामेछापमा महोत्सव हुँदा खुसी लागेको बताए ।