‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा ‘मास्टर क्लास’ हुने

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को सेसन पनि रहने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा बिहीवार देखि तीन दिन सम्म चल्ने महोत्सवको अन्तिम दिन मास्टर क्लास हुने भएको हो ।
काभ्रेको भकुण्डेबेसीमा हुने महोत्सवमा शनिवार लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ रहने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । ग्रामीण चलचित्रको विषयमा उनीहरूको ‘मास्टर क्लास’ हुने भएको हो ।
उनका अनुसार ‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नाराका साथ हुन लागेको महोत्सवमा दुई दर्जन बढी चलचित्र सहभागी छन् । ‘झिंगेदाउ’, ‘प्रकाश’, ‘डेसान’सँगै तामाङ र गुरुङ चलचित्रहरु महोत्सवमा प्रदर्शन गरिनेछ ।
साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को प्रिमियर समेत महोत्सवमा हुने जनाइएको छ । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली चलचित्र हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ ।
काठमाडौंबाट दुई दर्जन बढी चलचित्रकर्मीहरु महोत्सवमा सहभागी हुने आयोजकले जनाएको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal