निर्माता संघमा तमाशा : अध्यक्षले हस्ताक्षर गर्ने, महासचिवले बिरोध

कुनै पनि संस्थाको नेतृत्वले महत्वपूर्ण निर्णयमा सहमति गर्दा सामुहिक भावनाको कदर गर्नुपर्ने हो । त्यसको अल्पकालिन र दिर्घकालिन प्रभावको मुल्यांकन र विश्लेषण गर्नुपर्ने हो । तर, निर्माता संघमा भने यि कुनै पनि कुरा हुन् सकेनन् । फलतः अध्यक्षले हस्ताक्षर गर्ने र महासचिवले त्यसमा असहमति जनाउने गर्ने क्रम चलिरहेको छ । त्यो पनि एक होइन दुई दुई वटा निर्णयमा ।
कोभिड १९ का कारण प्रभावित चलचित्रको नाममा मनलाग्दो सूचि विकास बोर्डमा बुझाएको विषयमा होस् वा सञ्चारकर्मी प्रकाश सुबेदीको कार्यक्रमलाई बहिस्कार गर्ने सन्दर्भमा नै किन नहोस्, अध्यक्षको निर्णय बिपरित महासचिव रोज राणाले आफ्ना अभिव्यक्ति सार्वजनिक गरेका छन् । यति सम्मकी रोजले उक्त निर्णय संघको नभएर अध्यक्षको एकल भएको समेत उल्लेख गरेका छन् ।
निर्माता संघले कोभिड १९ का कारण प्रभावित चलचित्र भन्दै ६४ चलचित्रको सूचि बिकास बोर्डमा बुझाएको थियो । उक्त सूचिको चौतर्फी आलोचना भयो । बन्दै नबनेका, बनेर वर्षौ थन्कीएका चलचित्रलाई समेत उक्त सूचिमा राखियो । यो कार्य चलचित्र विकास बोर्डको नेतृत्वलाई असहयोग गरेको मात्र नभई वास्तवमै पिडित निर्माताको पक्षमा चलचित्र निर्माता संघको नेतृत्व नउभिएको धेरैले बिश्लेषण गरे । यति सम्मकी निर्माता संघले धमिलो पानीमा माछा मार्न खोजेको समेत आरोप लाग्यो । यही विच जुलाई ८ तारिखमा समाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै महासचिव राणाले उक्त सूचिमा आफ्नो असहमति रहेको जनाए । उनले वास्तवमै अफ्ठारो मा परेका चलचित्रलाई मात्र मौका दिनु पर्ने मा अन्यथा भयकोमा आफ्नो असहमति व्यक्त गरे ।
"नेपाल चलचित्र निर्माता संघले बाेर्ड मा बुझायकाे ६४ चलचित्र काे नाम मा मेराे असहमति रहेकाे छ । बास्तबिक COVID-19 काे कारण अफ्ठाराे मा परेका चलचित्र लाई मात्र माैका दिनु पर्ने मा अन्यथा भयकाेमा मेराे असहमति छ ।"
यसै बिच उनले फेरी जुलाई ११ मा अर्को स्टाटस् लेख्दै निर्माता संघ सामुहिक विचारको आधारमा चल्न नसकेको संकेत गरे । उनले संघसंस्था भनेको बिचार र सिद्धान्तको तालमेल हो भन्दै बैयत्तीक अभिव्यक्तिको भरिया हैन भनि उल्लेख गरेका छन् । उनको यो स्टाटस्ले पनि निर्माता संघ कसरी अघि बढीरहेको छ बुझ्न सहज बनाउँछ ।
"संगठनले व्यवसायीक र पेशागत हकअधिकारको सूचिनश्चितताका लागि आवाज उठाउने हो ।कुनैपनि विषयका वारेमा चलचित्रकर्मीका आफ्नै मत विमत हुन्छन्, व्यक्तिगत रुपमा त्यस्ता मत विमतको पक्ष वा विपक्षमा जोकोही उभिन सकिएला तर संस्थागत रूपमा सकिने बैधानिक अधिकार कसैलाई छैन। त्यसकारण हर विषयमा संस्थागत उपादेयता खोज्नुको औचित्य सम्पुष्टी हुँदैन ।संघसंस्था भनेको बिचार र सिद्धान्तको तालमेल हो बैयत्तीक अभिव्यक्तिको भरिया हैन ।
(रोज राणा)
महासचिव
नेपाल चलचित्र निर्माता संघ"
अब ताजै कुरा गरौं । १३ अगष्टको तारिख उल्लेख गरेर चलचित्र क्षेत्रका सात संस्थाले १४ अगष्टमा एउटा प्रेस बिज्ञप्ती जारी गरे । अहिले चलचित्र क्षेत्रमा त्यही बिज्ञप्तीको बिरोध भइरहेको छ । पत्रकार र टेलिभिजन कार्यक्रमलाई बहिस्कार गर्ने कुरा अब्यवहारिक र अपरिपक्क निर्णय भन्दै चलचित्रकर्मीले नै बिरोध गरेका छन् । महासचिव रोज राणाले पनि १५ अगष्टमा फेसबुकमा उक्त निर्णयको बिरोध गर्दै लामो स्टाटस् लेखे । उक्त बिज्ञप्तीमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि हस्ताक्षर गरेका छन् । अध्यक्षले चलचित्र निर्माता संघको तर्फबाट हस्ताक्षर गरेपछि त्यो संस्थागत निर्णय मानिन्छ । तर, महासचिव राणाले चलचित्र निर्माता संघको तर्फबाट गरिएको हस्ताक्षर समग्र निर्माता संघको नभएर हस्ताक्षरित अध्यक्षको नितान्त व्यक्तिगत धारण मात्र रहेको स्पष्ट पारेका छन् ।
प्रकाश सुवेदीले टेलिभिजनबाट बोलेको कुरा पत्रकारिता आचारसंहिता विपरीत भएको भन्दै यसको आलोचना पनि गरेका छन् । प्रकाशले पनि माफी मागिसकेको अवस्थामा विभिन्न संस्थाहरुले कार्यक्रमलाई नै बहिष्कार गर्नुपर्ने अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको उनले बताएका छन् ।
"रजतपट कार्यक्रमका संचालक प्रकाश सुवेदीको अभिव्यक्तिलाई लिएर चलचित्र सम्बद्ध विभिन्न व्यवसायीक एवम् पेसागत संगठनबाट सार्वजनिक संयुक्त विज्ञप्तिको टिप्पणी सम्बन्धमाः
चलचित्र क्षेत्रको उन्ननयनका लागि समर्पित एउटा पुराना पत्रकार प्रकाश सुवेदीले चलचित्र पत्रकारीताको मर्यादालाई ख्याल नराखी एउटा कलाकारको रङ्ग, रुप, शारिरिक बनावटलाई लिएर गरेको टिकाटिप्पणी निसन्देह पत्रकारिता आचारसंहिता विपरित र अक्षम्य छ । यस गम्भीर विषयमा उनले आफ्नो अक्षम्य गल्तिको आत्मावोध गर्दै सार्वजनिक सञ्चार माध्यमबाट माफीपनि मागि सकेका छन् ।तथापी, यस विषयलाई लिएर प्रकाश सुवेदीले जुन कलाकारलाई लक्षित गरी अभिव्यक्ति दिएका हुन उँहाले आवश्यक कानूनी प्रकृया अगाडि बढाइसक्नु भएको सञ्चार माध्यमबाट सुन्नमा आएको छ जुन उँहाको नितान्त बैयत्तिक अधिकारको कुरा हो जसलाई म स्वयम सम्मान गर्दछु।तर चलचित्र क्षेत्रभित्रको यस्ता जटिल समस्याहरुलाई सौहार्द रुपमा सम्बोधन गर्न उद्धत हुनु पर्ने हाम्रा चलचित्र सम्बद्ध संगठनहरु उल्टै रजतपट कार्यक्रमलाई वहिष्कार गर्नु पर्ने सार्वजनिक अभिव्यक्ति दिनमा तल्लिन रहनु चलचित्र क्षेत्रको लागि दुर्भाग्यपूर्ण हो ।रजतपट कार्यक्रमको एक प्रस्तोताबाट भएको गल्तिलाई लिएर सङ्गो कार्यक्रमलाई नै वहिष्कार गर्ने अभिव्यक्ति यसरी संस्थागत रूपमा आउनु चलचित्र क्षेत्रको सुखद भविष्यको सङ्केत नरहेको मेरो ठम्याइ रहेको छ । कार्यक्रम संचालकको गल्तिलाई लिएर चलचित्र क्षेत्रका लागि रजतपटको योगदानलाई ओझेलमा पार्नु वाञ्छनीय हुँदैन । अन्तमाः रजतपट कार्यक्रमलाई वहिष्कार गर्न आहवान गरिएको आशयको प्रेस विज्ञप्तिमा नेपाल चलचित्र निर्माता संघको तर्फबाट गरिएको हस्ताक्षर समग्र निर्माता संघको नभएर हस्ताक्षरित अध्यक्षको नितान्त व्यक्तिगत धारण मात्र रहेको स्पष्ट पार्न चाहन्छु ।
(रोज राणा)
महासचिव
नेपाल चलचित्र निर्माता संघ"
यस्तो छ सात संस्थाले जारी गरेको प्रेस बिज्ञप्ती जहाँ चलचित्र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि हस्ताक्षर गरेका छन् ।
प्रेस विज्ञप्ती
केही दिन अगाडी एपीवान टेलभिजन मार्फत प्रशारण भएको रजतपट कार्यक्रममा नेपाली चलचित्रका नायिकाहरुलाइ लक्षित गरेर अमर्यादित , अभद्र , अशिस्ट र तुच्छ टिप्पणी आएको सन्र्दभमा चलचित्र उद्योगसंग सम्वन्धित पेशागत संघ संस्थाहरुको गम्भिर ध्यान आकर्षण भएको छ ।
अभिब्यक्ति र स्वतन्त्रताको नाममा कसैको मान मर्दन गर्नु, शारिरीक बनावटको अशिष्ट आक्षेप लगाउनु, ब्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन यस किसिमको हर्कत निन्दनिय मात्र होइन अक्षम्य पनि हुने हाम्रो ठम्याई छ । राट्रिय संचार माध्यम मार्फत अशिष्ट अभिब्यक्तीद्घारा नायिकाहरुको चरित्र हत्या गरि जनसमुदायमा भ्रम पैदा गर्नु र गलत सुचना संम्प्रेशण गर्नु संचार माध्यमको धर्म होइन, यस प्रकार अभिब्यक्ति वा समाचार सम्प्रेषणले पत्रकारिताको मात्र होइन मानवताको पनि धज्जी उडाएको छ ।
यसै सन्दर्भमा एपीवान टेलिभिजनको रजतपट कार्यक्रममा प्रशारण भएको सामाग्री संन्दर्भलाई लिएर नायिका पुजा शर्माले नेपाल चलचित्र कलाकार संघ लगायत विभिन्न सरकारी गैर सरकारी निकायमा छानविन र कारवाही को माग गरि निवेदन दिनु भएकाले नायिका पुजा शर्माको निवेदन प्रति चलचित्र उद्योगका ७ वटा पेशाकर्मी संस्थाहरुले एेक्यवद्धता जनाउदै नेपाल चलचित्र कलाकार संघको अगुवाइमा यो प्रवृत्तिको विरुद्ध लड्ने मिति २०७७।०४।२७ गते निर्णय गरेको पनि यहि बक्तब्य मार्फत जानकारी गराउदछौ । चलचित्रका पेशाकर्मी र संचारकर्मी वीच घनिष्ट सम्वन्घ रहेको छ । यो सम्वन्धमा कहि पनि आँच आउनु हुदैन । कुनै पनि समस्याको समाधान वार्ता द्वारा गरिनु पर्दछ भन्ने हाम्रो मान्यता रहेकोछ ।
चलचित्र क्षेत्रमा कार्यरत पेशाकर्मी माथि यस प्रकारको अनरर्गल, अशिष्ट, तुच्छ एवं अमानवीय र चरित्र हत्या हुने अभिब्यक्ति केही महिना यतावाट विशेष गरेर केही संचार माध्यममा देखिनु र प्रशारण हुनु निन्दनिय रहेको छ । यो प्रवृत्तिको रुपमा विकाश भएको पाईएकोले यस्ता प्रवृत्तिलाई निरुत्साहित गराउन र यस्ता प्रवृत्तिको शुत्रधारहरुलाई कानुनी कार्वाहिको दायरामा ल्याई दण्ड सजाय नदिईकन प्रवृत्तिको मुल नष्ट नहुने हाम्रो ठम्याई छ । चलचित्र, चलचित्रकर्मी र विशेष गरेर नायिकाहरुलाई तुच्छ टिप्पणी गर्ने र हिंसाजन्य कृयाकलाप गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि सबै चलचित्रकर्मीहरुले रजतपट र ग्लामर गफ कार्यक्रममा प्रस्तुत विषयवाट उब्जिएको बिबाद वार्ता वा कानुन मार्फत नसुल्झिए सम्म कुनै पनि सहभागिता नजनाउनु हुन संम्पुर्ण चलचित्रकर्मीहरुलाई अनुरोध गर्दछौ । साथै आफ्नो पेशागत आचार संहिताको पालना गर्नहुन पनि आव्हान गर्दछौ । यो प्रवृत्तिको रोकथामका लागी प्रवृत्तिका सुत्रधारहरु लाई कानुनी दायरामा ल्याउन हामी पछि नपर्ने पनि यहि वक्तब्य मार्फत जानकारी गराउन चाहन्छौ ।
२९ श्रावण २०७७
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal