फागुन १ मा पुग्यो ‘कल्ली’, यस्तो छ पोष्टर
चलचित्र ‘कल्ली’को प्रदर्शन मिति पुनः परिवर्तन गरिएको छ । शुरुमा गत वर्षको चैत २९ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र निर्माणको घोषणा गरिएको थियो । तर, निर्धारित समयमा छायांकनमा शुरु गर्न नसक्दा प्रदर्शन मिति यस वर्षको कात्तिक २१ गतेलाई तोकियो । अब भने यो मितिबाट पनि चलचित्र ३ महिना पछि सरेको छ ।
निर्माण टिमले चलचित्रका दुई पोष्टर सहित फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको छ । सार्वजनिक दुई पोस्टरमध्ये एक पोस्टरमा नायक सौगात मल्ल बाघसँग देखिएका छन् । यस्तै, सार्वजनिक अर्को पोस्टरमा सौगातको साथमा नायिका बेनिशा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, कलाकार अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ । यो पोस्टरले चलचित्रका अधिकांश पात्रहरूको चरित्र बोल्न खोजेको छ ।
चलचित्रमा पोष्टरमा उल्लेखित कलाकारका साथै वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, श्याम मगरलगायतको अभिनय रहेको छ । चलचित्रमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रूपमा छन् ।
लक्ष्मण सुनारको कथा र निर्देशन रहेको चलचित्रमा महेश दवाडीको लेखन, निसाल पौडेलको छायांकन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत, एनवी महर्जनको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन छ ।
लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
