‘मिरमिरे’मा दयाहाङपछि प्रकाशको इन्ट्री
चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । यम शेर्पाको निर्देशन रहने चलचित्रमा यसअघि अर्का अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन् | अभिनयमा रुचाइएका दयाहाङ र गायन हुदै अभिनयमा आएका प्रकाश बिच यो नै पहिलो सहकार्य हुनेछ |
प्रकाश सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुशी व्यक्त गरे । आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै उनले यस चलचित्रले आफ्नो अभिनय यात्रामा थप उचाइ दिने विश्वास व्यक्त गरे ।
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने निर्देशक यमले जानकारी दिए । चलचित्रको कथा पनि निर्देशक स्वयम् कै हो | निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । यस्तै चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका वितरक रोहित कट्टेल रहेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
