'सोल्टिनी'को गीत 'सत्य जुगैको' सार्वजनिक

चलचित्र 'सोल्टिनी'को पहिलो गीत 'सत्य जुगैको' सार्वजनिक गरिएको छ । पूर्वेली मारुनी भाकामा आधारित गीतमा प्रशान्त शिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको छ । शिवाकोटीकै शब्द र सङ्गीत रहेको गीत अस्मिता अधिकारीको पहिलो मारुनी गीत हो ।
भोजपुरमा छायाङ्कन गरिएको गीतको भिडियोमा प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल र सब्बु गुरुङले नृत्य गरेका छन् । गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् ।
अर्जुन सुवेदी निर्देशित चलचित्र असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने तयारीमा छ । चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरमा छायाङ्कन गरिएको छ ।
निर्देशक सुवेदीका अनुसार यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । चलचित्रमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
'सोल्टिनी'का गीतहरूमा सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन् । चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन् । प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal