यस्तो बन्यो ‘सिटामोल’को पोस्टर
चलचित्र ‘सिटामोल’का तीन वटा पोस्टर सार्वजनिक गरिएको छ । राज बहादुर सानेको निर्देशन रहेको चलचित्र चलचित्रका पोष्टर सोमबार सार्वजनिक गरिएको हो ।
सार्वजनिक तीन मध्ये एउटा पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन् । यस्तै अर्को पोस्टरमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आआफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन् । अर्को पोस्टरमा कलाकार सौगात मल्ललाई मात्रै स्थान दिइएको छ । उनी बैशाखीको साहाराले निराश भावमा कतै हिडिरहेको बुझ्न सकिन्छ ।
साउन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा सौगात, बेनिशा, श्री कृष्ण, जानुका र करणसहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको चलचित्र प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।
चलचित्रमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको द्धन्द्व निर्देशन र दिव्य सुवेदीको छायाँकन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
