‘एक्लो’मा यस्तो छ थापा र उप्रेतीको क्यारेक्टर
चलचित्र ‘एक्लो’ निर्माण टिमले अभिनेता सुनिल थापा र एवन राज उप्रेतीको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । दुई फरक फरक पोस्टरमार्फत क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
पोष्टरमा थापालाई राजा यमको रूपमा देखाइएको छ । सिंहासनमा बसेका उनले गलामा रुद्राक्षको माला र शिरमा दुईवटा सिङ भएको मुकुट लगाएका छन् । मुकुटमा आगो बलेको देखिन्छ । अर्को पोस्टरमा एवन राजलाई बारास्टिर पात्रको रुपमा चिनाइएको छ । उनी क्रोधित मुद्रामा देखिएका छन् ।
साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीको यो तेस्रो निर्देशकीय चलचित्र हो । चलचित्र हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ । केही हप्ताअघि ‘एक्लो’का निर्माताले विश्व प्रतिष्ठित ‘कान्स फेस्टिभल’मा स्टल राखेर चलचित्रको मार्केटिङ गरेका थिए ।
यसअघि चलचित्रका कलाकार प्रदीप खड्का, विजय लामा, दिया पुन, बेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी, जेमी बेकनको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेका छन् ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, एवनराज उप्रेती,त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।
२०२५ मा प्रदर्शन हुने जनाइएको चलचित्रका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
