नेफ्टाको अध्यक्षमा पुष्कर लामा निर्विरोध, यस्तो छ कार्यसमिति

चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा पुष्कर लामा पुनः विजयी भएका छन् । यसअघि ३ बर्षे कार्यकाल सम्पन्न गरिसकेका उनी अध्यक्ष पदमा निर्विरोध विजयी भएका हुन् । यस्तै कोषाध्यक्ष पदमा पनि सुष्मा पौडेल निर्विरोध विजयी भएकी छन् ।
संघको १९ औं साधारण सभाका अवसरमा आगामी कार्यकालका लागि नयाँ नेतृत्वको चयन भएको हो । निर्वाचन लागि नेफ्टाले पत्रकार फूलमान बललाई प्रमुख निर्वाचन अधिकृत, पत्रकार बिष्णु प्रसाद सुबेदी र अधिवत्ता राजु धिमाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिदै निर्वाचन कमिटी गठन गरेको थियो । सोही कमिटिले निर्वाचन सम्पन्न गराएको हो ।
जसमा अध्यक्ष र कोषाध्यक्ष बाहेकका पदमा भने मतदान भएको थियो । जहाँ उपाध्यक्ष पदमा विनोद लामा र अर्जुन प्रसाद पोखरेल, महासचिव पदमा शालिगराम दुलाल र सचिव पदमा दिव्यराज सुवेदी विजयी भएका छन् ।
संघको सदस्य पदमा रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, साहिल खान, दुर्गा प्रसाद पौडेल, सरोज वुढाथोकी, कमलप्रसाद मिश्र र माधव प्रसाद थपलिया विजयी भए । नेफ्टाको बिधानले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्ष र ११ सदस्य सहित १७ सदस्यिय कार्यसमितिको व्यवस्था गरेको छ । कुल ५२० मतदाता रहेको नेफ्टामा २७५ खसेको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई बुधबार राति नै पद तथा गोपनियताको सपथ गराउनुका साथै विजयी भएको प्रमाणपत्र समेत दिइएको छ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal