चलचित्र ‘नाङ्गो गाउँ’को सिक्वेल बन्ने

चलचित्र ‘नाङ्गो गाउँ’ बक्स अफिसमा सफल हुँदै गर्दा यसको सिक्वेलको घोषणा गरिएको छ । निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबिच सिक्वेल निर्माणको बिषयमा सहमति भएको हो । ‘अ पोलिटिकल कमब्याक अर्थात एक राजनीतिक पुनरागमन’ ट्याग लाइनसहित चलचित्र ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा गरिएको हो । सिक्वेलमा दयाहाङ राइले निर्वाह गरेको पात्र ‘पासाङ’ केही समयपछि गाउँ फर्किने कथालाई समावेश गरिनेछ ।
‘धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गरेको पायौं, उहाँहरुले दोस्रो भाग चाहियो पनि भन्नुभएको छ,’ निर्माता कडरियाले भने, ‘हामीले पहिलो भागको छायांकनको दौरानमै दोस्रो भागको परिकल्पना गरेका थियौं । अहिले सबैतिरबाट दोस्रो भागको माग आएकाले हामीले यसको योजनालाई अगाडि बढाउने निर्णयमा पुगेका हौं ।’
चलचित्रका लेखकसमेत रहेका निर्देशक लामाले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन् । उनी भन्छन्–‘अहिले चलचित्रको कथा जहाँ टुंगिन्छ, त्यो वास्तवमा मध्यान्तर थियो । पटकथामा परिणत गर्दै जाँदा कथा लामो हुनपुग्यो र हामीले दुई भागमै बनाउने सोच्यौं ।’
दोस्रो भागको कथामा के हुन्छ त ? भन्ने प्रश्नमा निर्देशक लामाले भने–‘गाउँमा जरीको आतंकबाट गाउँलेहरु वाक्क हुन्छन् । र, जरीबाट पीडित गाउँलेहरु काठमाडौं गएर पासाङलाई गाउँ फर्काउँछन् । पासाङ गाउँ फर्केर जरीका खराब गतिविधिलाई रोक्ने संघर्षमा होमिन्छ ।’
‘नाङ्गो गाउँ–२’को छायांकन भने एक वर्षपछि मात्र हुनेछ । त्यसअघि यही टिमले अर्को कमेडी चलचित्र बनाउने तयारी गरेको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal