यसरी हुँदैछ ‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्वाइस कप युएसए’

‘मेरो डान्स कप युएसए’को चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदैछ । इन्ट्रा–नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएको यि प्रतियोगिताका बारेमा बुधबार काठमाडौंमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो ।
समग्र मानव कल्याण, मानव जातिको उत्थान र विश्व भरमा रहेका असाहय अनाथ व्यक्तिहरूको सहारा बन्न र तटस्थ मानविय सहायता उपलब्ध गराउने उद्देश्यले अमेरिकामा रहेका नेपाली भाषी भुटानी समेतको अगुवाई संस्थापना भएको संस्था हो इन्ट्रा–नेशनल । संस्थाले विभिन्न सामाजिक कार्यका साथै अमेरिकामा ‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्याइस कप युएसए’ सञ्चालन गरिरहेको छ । नृत्यको चौथो सिजन र भ्वाइसको दोस्रो सिजन सुरु भई प्रशारण भइरहेको छ ।
तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ शसक्त रुपमा प्रस्फुटन गर्ने तथा नेपाली भाषीहरूमा भएको प्रतिभालाई उजागर गर्दै आम श्रोता÷दर्शकमाझ ल्याउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको संस्थाका सचिव गोपाल धितालले बताउनुभयो ।
यसको अडिसन अमेरिकामा र क्यानडामा सकिएर नकआउट भइरहको तथा नेपाल बाहिर रहेका नेपाली भाषीहरूले अनलाईनमार्फत अडिसन दिनसक्ने उहाँले जानकारी गराउनुभयो । भोटिङको चरणमा प्रवेश गरेपछि प्रतियोगितलाई नेपाल ल्याइने यसको फिनाले भने अमेरिकामा हुने जानकारी गराइएको छ ।
‘मेरो डान्स कप युएसए’को निर्णयक मण्डलमा विशिष्ट कलाकार मिथिला शर्मा, दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, शंकर विसी र नर्मन राई हुनुहुन्छ भने ‘मेरो भ्याइस कप युएसए’मा दिपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, मुस्कान मगर, सुजता बर्मा र अजुर्न रसाइली रहनुभएको छ । यो प्रतियोगिताको विजेता पहिलोले ¥यापफोट कार, दोस्रोले गोल्डेनकप र तेस्रोले सिल्भरकप प्राप्त गर्नेछन् भने नगदराशि र गिफ्ट ह्याम्परसमेत प्रदान गरिने जनाइएको छ ।
पत्रकार भेटघाटमा संदीप क्षेत्री, शिव परियार, दिलिप रायमाझी, सुरेश अधिकारी, दपक जंगमलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो । यस प्रतियोगिताको निर्देशकमा एलिन श्रेष्ठ हुनुहुन्छ । कार्यक्रम सञ्चालकमा नृत्यमा संदीप क्षेत्री र रिमा विश्वकर्मा हुनुहुन्छ भने भ्वाइसमा सुदिप सिग्देल र सुनिता गुरुङ हुनुहुन्छ ।
नेपाली भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनका साथै गीत संगीत तथा नृत्यका प्रतिभाहरूलाई सम्मान गर्ने, प्रर्वद्धन गर्ने नै यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताइएको छ । कोरोना भाइरस (कोभिड–१९)को सकसपूर्ण अवस्था होस् या बाढी पहिरो वा अन्य मानवसेवाका कार्यहरूमा निरन्तर सहयोग गर्दै आएको यो संस्थाको अध्यक्षमा डिल्ली अधिकारी हुनुहुन्छ भने नेपाल च्याप्टरको कार्यकारी अध्यक्षमा संजित भण्डारी रहनुभएको छ । यो संस्थाको भिजन तथा सम्पूर्ण कन्सेप्ट अध्यक्ष डिल्ली अधिकारीको हो ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal