‘मनसरा’को गीत ‘झ्यालको’ रिलिज

२०८१ बैशाख १७
‘मनसरा’को गीत ‘झ्यालको’ रिलिज

कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ । सोमबार इन्टरनेटमा रिलिज गीत ‘झ्यालको’मा चलचित्रका मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन् । जसले चलचित्रको कथासार बुझाउँन मदत गर्छन् ।

झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द रचना र सनुप पौडेल र झुमा लिम्बुको स्वर सुन्न सकिन्छ । चलचित्रको यसअघि रिलिज टिजर, ट्रेलर तथा फरक शैलीको प्रचारले चलचित्र चर्चाको शिखरमा छ । आज सार्वजनिक गीतले पनि चलचित्रको प्रचारमा ठुलो सहयोग पुग्ने बुझाई निर्माण टिमको छ ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राई लगायतको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचिका निर्माता तथा छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

चलचित्रका सह–निर्माता विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ हुन् भने सिजन दाहाल कार्यकारी निर्माता हुन् । चलचित्र बैशाखको २१ गतेबाट प्रदर्शन हुनेछ ।

LPT
Mansara