‘माइली’ को शुभ मुहुर्त

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ को शुभ मुहुर्त गरिएको छ । सोमबार राजधानीको भद्रकाली मन्दिरमा चलचित्रको मुहुर्त गरिएको हो । बाबु साहेब बलामीको निर्देशन रहने चलचित्रको मुहुर्तमा कलाकार र प्राविधिकको उपस्थिति थियो ।
चलचित्रमा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको अभिनय हुनेछ ।
मुहुर्तमा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका विवेक सापकोटाले क्ल्याप, सवनम मुखियाले क्यामरा, रक्षा सिंह राणाले निर्देशन गर्दा पत्रकार शान्तिप्रियले नरिवल फुटाएका थिए । नायिका प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले मुहुर्त सट दिएका थिए । चलचित्रमा प्रियंका र कमला आमाछोरीको भूमिकामा छन् ।
चलचित्रमा निर्देशक बलामीको कथा, शंकर अधिकारी ‘घायल’को गीत, पटकथा र सम्बाद, राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन र समीर मियाँको सम्पादन रहने छ ।
Latest Updates
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
-
-
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal