‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने

२०८२ आषाढ २६
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने

क्याप्टेन रामेश्वर थापाको जीवनीमा आधारित रहेर चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ ।  बिहीबार काठमाडौंको गौरीघाटमा चलचित्रको शुभमुहूर्त गरिएको हो । मूर्हत सटको क्ल्याप व्यवसायी डा. उपेन्द्र महतोले हानेका थिए भने क्याप्टेन थापाले निर्देशन गरेका थिए ।

पाइलटसमेत रहेका ब्यवसायी तथा सञ्चार उद्यमी थापाको जीवनीमा आधारित चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् । चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।

पटकथा प्रडक्सनको प्रस्तुति रहने चलचित्र निर्माणमा यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको छ । चलचित्रमा निर्देशक खनाल, करण श्रेष्ठ र श्रृष्टिमा खनालको लगानी रहने छ । चलचित्रको कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।

कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । चलचित्र भदौको पहिलो साताबााट छायांकनमा जाने जनाइएको छ ।