चलचित्र ‘बाकस’ निर्माणको घोषणा, नवीन पन्तले निर्देशन गर्ने
चलचित्र ‘बाकस’ निर्माणको घोषणा गरिएको छ । गुरु पूर्णिमाको अवसर पारी बिहिबार थिम पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
पिके इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने चलचित्रलाई नवीन पन्तले निर्देशन गर्नेछन् । निर्देशक पन्तकै लेखन रहने चलचित्रको हाल प्रि–प्रोडक्सनको काम भइरहेको जनाइएको छ । निर्माण पक्षले चाँडै नै कलाकार तथा प्राविधिकको छनोट कार्य पुरा गर्ने जानकारी दिएको छ ।
नेपाली परिवेशको कथामा निर्माण गरिने जनाइएको चलचित्रको छायाँकन नेपाल र विदेशमा गरिने बताइएको छ । यद्यपी कुन देश भन्ने खुलाइएको छैन ।
तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत रहनेछन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
