‘माग्ने राजा’को गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक
चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक चलचित्रको डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’मा दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा केदार र वर्षा फिचर्ड छन् । भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । नरेन्द्र मैनालीले खिचेको चलचित्रलाई मधुसुदन शर्माले निर्माण गरेका हुन् ।
ऋषि लामिछाने निर्देशित चलचित्रका प्रस्तुतकर्ता मुनाल घिमिरे हुन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
