बक्सअफिस तथ्याङ्क उपलब्ध नगराउने हलहलाई कारबाहीको चेतावनी
रियल टाइम बक्सअफिसलाई प्रभावकारी बनाउन चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई अनिवार्यरुपमा बक्सअफिस तथ्यांक पेश गर्न निर्देशन दिएको छ । बोर्ड अध्यक्ष दिनेश डिरीले असार २३ गते देशभरका प्रदर्शकलाई पत्र लेख्दै यस्तो निर्देशन दिएका हुन् ।
चलचित्र विकास बोर्डले गत १६ असारमा रियल टाइम बक्स अफिस व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको थियो । प्रणाली सञ्चालनमा ल्याइए पनि देशभरका हलले तथ्याङ्क पेस नगरेका कारण शो प्रणालीले अझै काम गर्न सकेको छ ।
देशभरका १६६ हललाई पत्र लेख्दै बोर्डले तथ्याङ्क उपलब्ध नगराए हलले कानुनको उल्लङ्घन गरेको ठहर गर्दै चलचित्र नियमन र सम्बन्धित ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । बोर्डले प्रदर्शकको छाता संस्था चलचित्र सङ्घलाई समेत पत्र लेखेको छ ।
बोर्ड स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली सुरु भएको जनाइएको थियो । एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइलमा बक्सअफिसको एप संचालनमा आइसकेको छ भने एप्पलको आइओएस अपरेटिङ सिस्टममा आउन बाँकी रहेको बोर्डले जनाएको छ ।

Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
