जेठ २० मा चलचित्र ‘म’

चलचित्र ‘म’ आगामी वर्ष जेठ २० गतेबाट प्रदर्शन हुने भएको छ । उक्त मितिमा कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्र विरणका लागि वितरण कम्पनी डिसिएन र एफडीसँग एकेडेमीका प्रमुख प्रकाश पुरीले सम्झौता गरेका छन् । डिसिएनले काठमाडौं उपत्यका तथा एफडीले उपत्यका बाहिर चलचित्र वितरण गर्नेछन् ।
सुर्वण थापाको निर्देशन रहेको चलचित्रलाई प्रकाश पुरीले लेखेका हुन् । चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । कलाकारद्वय रसाईली र श्रेष्ठ सोहि एकेडेमीका विद्यार्थी हुन् ।
चलचित्रका निर्माता बिमला हुमागाईं र पदम पुरी हुन् । तेन्जीङ्ग पाल्देनको छायांकन रहेको यस चलचित्रको सम्पादन बनिस शाहले गरेका छन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal