चलचित्र ‘लण्डन टू पेरिस’को गीत ‘चाहन्छु यो माया’ सार्वजनिक

घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टू पेरिस’को दोस्रो गीत ‘चाहन्छु यो माया’ सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट गीत रिलिज गरिएको हो ।
गीतमा एसडी योगीको संगीत, राम अविरल बिष्टको शब्द र संगीतकार योगी र नभिता पौडेलको स्वर रहेको छ । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेब्यु अभिनेता निश्चल खड्काबीचको चिसो सम्बन्ध र निश्चलप्रति नव–अभिनेत्री गरिमा शर्माको प्रेम आशक्ति पनि देखिन्छ ।
ट्राभल लभस्टोरीको कथा पेस गर्ने चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको मुखय भूमिका रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गरेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा चलचित्रको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुन् । चलचित्र जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi