चलचित्र ‘लाइफ इन एलए’ को गीत सार्वजनिक

लेन्सनेपाल २०७८ भाद्र १६
चलचित्र ‘लाइफ इन एलए’ को गीत सार्वजनिक

चलचित्र ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पागल प्रेमी...’ बोलको गीतमा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठको स्वर छ ।

अमेरिका र नेपालमा छायाँकन गरिएको चलचित्र  सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको हो । गीतको भिडियोमा डेव्यु अभिनेता ब्यास बिस्सु, अकेशा बिष्ट र शिल्पा मास्केलाई फिचर्ड गरिएको छ ।

चलचित्रमा उनीहरुका अलवा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ ।