प्रिमियरमा ‘लप्पनछप्पन २’लाई सकारात्मक प्रतिक्रिया

चलचित्र ‘लप्पन छप्पन २’को प्रिमियर सम्पन्न भएको छ । रिलिजको पूर्वसन्ध्यामा राजधानीको बिग मुभिजमा चलचित्रको प्रिमियर गरिएको हो ।
चलचित्रकर्मी र सञ्चारकर्मीहरुको उपस्थितीका बिच सम्पन्न प्रिमियर शोमा चलचित्रले सकारात्मक प्रतिक्रिया बटुलेको छ । एक्सन जनराको सस्पेन्स थ्रिलर चलचित्रले राजनीति र अपराधको जालोको कथा भनेको छ । मुकुन्द भट्ट निर्देशित चलचित्रको मेकिङलाई धेरैले रुचाएका छन् ।
नेपाल, अष्ट्रेलिया र युरोपमा छायाँकन गरिएको चलचित्र सन् २०१७ को ‘लप्पन छप्पन’को यो दोस्रो सिरिज हो । प्रिमियर पछि उपस्थित चलचित्रकर्मीले ‘लप्पनछप्पन २’ले मल्टीप्लेक्समा नेपाली चलचित्रका दर्शक फर्काउने अपेक्षा राखेका छन् । चलचित्र शुक्रबारबाट देशभर प्रदर्शन हुँदैछ ।
प्रिमियरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र अनुप बिक्रम शाही बाहेक लगभग सबै कलाकार उपस्थित थिए । सौगात र अनुप चलचित्र ‘लाखे’को छायांकनका लागि मुस्ताङमा भएकोले प्रिमियरमा उपस्थित हुन नसकेको जनाइएको छ । प्रिमियरमा चलचित्रका कलाकारहरु अर्पण थापा, शिव श्रेष्ठ, बिशाल पहाडी, शक्ति श्रेष्ठ, बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डालगायत उपस्थित थिए ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi