‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा एक्सनका साथै पैसा, सत्ता र शक्तिको चलखेल देखाइएको छ ।
नयाँ वर्षका अवसर पारी आउने चैत्र २७ गतेबाट प्रदर्शन हुने एक्सन ड्रामा चलचित्रमा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिनालगायतका कलाकारको अभिनय रहेको छ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रमा निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा र संवाद छ । गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले निर्माणमा सहकार्य गरेका छन् ।
सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
Latest Updates
-
‘हत्यारा सरकार’ भन्दै सेलिब्रेटीहरुले गरे जेन–जी आन्दोलनमा प्रहरी दमनको भर्त्सना
-
राजेश हमाल भन्छन् – नेपाली भएकोमा यती लाज महसुस कहिल्यै गरेको थिइन्
-
‘नेपथ्य’का अमृत गुरुङ लेख्छन् – ‘नाती पुस्तालाई गोली हान्न आदेश दिनेलाई धिक्कार’
-
जेनजीको प्रदर्शनलाई कलाकारहरुको समर्थन, अनमोल भन्छन् ‘हाम्रो अधिकार कसैले रोक्न सक्दैन’
-
-
New Releases (Bhadra 20)
-
Reemai
Director : Khil Bahadur Gurung
Casts : Dayahang Rai, Rishma Gurung, Arpan Thapa, Gaumaya Gurung, Buddhi Tamang
Next Releases (Ashwin 3)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma