‘हत्यारा सरकार’ भन्दै सेलिब्रेटीहरुले गरे जेन–जी आन्दोलनमा प्रहरी दमनको भर्त्सना
सेलिब्रेटीहरुले जेन–जी आन्दोलनको क्रममा सोमबार भएको प्रहरी दमनको भर्त्सना गरेका छन् । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर कम्तीमा २० जनाको मृत्यु भए पछि सेलिब्रेटीहरु आक्रोशित देखिएका हुन् ।
भ्रष्टाचार र नेताका सन्तानको विलासी जीवनयापनको बिरोध तथा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाई नागरिकको आवाजलाई दबाउन खाजेको भन्दै जेन–जीले सोमबार देशभर आन्दोलन गरेको हो । आन्दोलनमा सरकारले वर्वर दमन गरेको भन्दै चर्को बिरोध भइरहेको छ ।
अभिनेता प्रदिप खड्काले भारतिय टेलिभिजन एनडि टिभीसँग कुराकानी गर्दै आजको घटनालाई क्राइमको सज्ञा दिएका छन् । उनले कडा शब्दमा दमनको बिरोध समेत गरेका छन् । यस्तै अन्य सेलिब्रेटीहरुले समाजिक सञ्जाल मार्फत दमनको भर्त्सना गरेका हुन् । अभिनेत्री केकी अधिकारीले समाजिक सञ्जालमा लेखेकी छिन – ‘हरेक थोपा रगतको हिसाब हुन्छ । यसको मुल्य चुकाउनै पर्छ ।’ अभिनेत्री वर्षा राउतले निशब्द भन्दै लेखेकी छिन – ‘बा आमाले हालेको भोटले आज आफ्नै सन्तान मारियो ।’ यस्तै अभिनेत्री वर्षा सिवाकोटीले ‘हत्यारा सरकार’ भन्दै लेखेकी छिन – ‘जनताको सुरक्षामा बस्नेहरू नै हत्यारा बनेर उभिएका छन् भने यो मुलुक मा कसरी बाँच्ने ? यो रगतको हिसाब पक्कै मागिन्छ (हत्यारा सरकार) ।’
यस्तै अर्की अभिनेत्री लक्ष्मी वर्देबाले पनि ‘हत्यारा सरकार’ भन्दै एक कतिा लेखेकी छिन । उनले सञ्जालमा थुप्रै पोष्टहरु मार्फत घटनाको बिरोध गरेकी हुन् । अर्की अभिनेत्री आँचल शर्माले लेखेकी छिन – १४ जनाको ‘दिनदहाडै हत्या गरियो, तिमीहरु यसलाई नियन्त्रण भन्छौ – हामी यसलाई हत्या भन्छौं । रगतले लतपतिएका तिमीहरुको अनुहारलाई इतिहासले हरेक दिन थुक्नेछ ।’
यस्तै अभिनेता पुष्प खड्काले आक्रोश पोख्दै लेख्छन – ‘जनता त देशको सम्पत्ति हो । यहाँ त कठपुतली बनाइयो । हुन त मान्छे मारेर सत्तामा आएका नेताहरुलाई अझै पनि ठूलो कुरा त लागेको छैन होला ।😭😭😭’
यस्तै निर्देशक निश्चल बस्नेत, अभिनेत्री प्रियंका कार्की, निर्देशक तथा सांसद असिम शाह, निर्देशक तथा निर्माता सन्तोष सेन, ज्योतिष तथा अभिनेता हरिहर अधिकारी, अभिनेता दिव्यदेव पन्त, अभिनेत्रीहरु नीता ढुंगाना, नीति शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, आना शर्मा, सुहाना थापा लगायतले पनि जेनजीको प्रदर्शनमा भएको दमनको सामाजिक सञ्जालमार्फत् विरोध जनाएका छन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
