दोस्रो सातामा पनि दर्शकको साथ पाउदै ‘कोशेढुंगा’
चलचित्र ‘कोशेढुंगा’ले दोस्रो सातामा पनि दर्शकको उल्लेख्य साथ पाएको छ । सिमित शोमा खुम्चिए पनि चलचित्रका अधिकांश शोहरु हाउसफूल देखिन्छन् । खासगरी दोस्रो सातामा पनि शनिबार चलचित्रको व्यापार उल्लेख्य देखिन्छ ।
भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्रको वर्ड अफ माउथ सकारात्मक छ । धेरैले चलचित्रले उठान गरेको विषय वस्तुलाई रुचाएका छन् । सरोज पौडेल निर्देशित चलचित्रले बेरोजगारी, निराशा र परदेशी जीवनलाई मुख्य विषयवस्तु बनाएको छ । ‘कोशेढुंगा’ले नेपालीको घरघरको कथा लिएर आएको भन्दै दर्शकबाट तारिफ पाइरहेको कार्यकारी निर्माता दिनेश खड्काको भनाइ छ । बक्सअफिस रिपोट सार्वजनिक नगरिए पनि काठमाडौं सहित, पोखरा, चितवन जस्ता शहरमा चलचित्र हेरेका दर्शकबाट प्राप्त प्रतिक्रिया भने निकै उत्साहजनक सुनिन्छ ।
‘जति पनि दर्शकले चलचित्र हेर्नु भएको छ, एकदम राम्रो भनिरहनुभएको छ । मन छुने भन्नुभएको छ’ खड्काले भने, ‘जति शो पाएको छ, उच्च अकुपेन्सीमा चलिरहेको छ ।’
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय छ ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
