‘मितज्यु’मा अरुण पुन अनुबन्धित

२०८२ भाद्र २२
‘मितज्यु’मा अरुण पुन अनुबन्धित

अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘मितज्यु’मा अरुण पुन मगर अनुबन्ध भएका छन् । यसअघि अरुणले चलचित्र ‘खुश्मा’मा अभिनय गरेका थिए ।

निर्माता जनक घर्ती मगरको निर्माण रहने चलचित्रमा यसअघि नै सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन् । अरुणको उपस्थितिले चलचित्रलाई थप बलियो बनाउने निर्माण पक्षको भनाई छ। 

जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा महेश राईको कथा र शिशिर बिशङ्खेको सिनेमाटोग्राफी रहनेछ । मंसिरको दोस्रो हप्ताबाट रोल्पा लगायत स्थानमा चलचित्रको छायांकन गरिने निर्माण पक्षको भनाई छ । चलचित्र आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने छ ।