‘नेपथ्य’का अमृत गुरुङ लेख्छन् – ‘नाती पुस्तालाई गोली हान्न आदेश दिनेलाई धिक्कार’
नेपथ्य ब्याण्डका मेन भोकलिष्ट गायक अमृत गुरुङले जेन–जी आन्दोलनको क्रममा सोमबार भएको प्रहरी दमनको भर्त्सना गरेका छन् । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर कम्तीमा २० जनाको मृत्यु भएको छ ।
गायक गुरुङले सामाजिक सञ्जाल फेसबुकबाट गोली हान्न आदेश दिने प्रति धिक्कारेका छन् । उनी लेख्छन् – 'नाति पुस्तालाई गोली हान्न आदेश दिने ... सबैप्रति धिक्कार छ 😢 🙏🏼'
भ्रष्टाचार र नेताका सन्तानको विलासी जीवनयापनको बिरोध तथा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाई नागरिकको आवाजलाई दबाउन खाजेको भन्दै जेन–जीले सोमबार देशभर आन्दोलन गरेको हो । आन्दोलनमा सरकारले वर्वर दमन गरेको भन्दै सेलिब्रेटीहरुले समेत चर्को बिरोध गरिरहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
