राजेश हमाल भन्छन् – नेपाली भएकोमा यती लाज महसुस कहिल्यै गरेको थिइन्

२०८२ भाद्र २४
राजेश हमाल भन्छन् – नेपाली भएकोमा यती लाज महसुस कहिल्यै गरेको थिइन्

महानायक राजेश हमालले जेन–जी आन्दोलनको क्रममा कम्तीमा २० जनाको ज्यान जानेगरी भएको घटनाका सम्बन्धमा गहिरो पिडा ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा एक भावुक पोस्ट साझा गर्दै आफुले नेपाली भएकोमा यती लाज महसुस पहिले कहिल्यै नगरेको जनाएका छन् ।

हमालले आफ्नो पोस्टमा लेखेका छन् – 'हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भबिस्य मात्र दिन असफल भएका छैनौ,ऊनीहरुको बर्तमनसमेत खोसिरहेका छौ । म बिदेश यात्रा गर्दै छू । नेपाली भएकोमा यती लाज महसुस मैले कहिले गरेको थिइन् ।आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पिडादायी दिन बनेको छ ।'

भ्रष्टाचार र नेताका सन्तानको विलासी जीवनयापनको बिरोध तथा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाई नागरिकको आवाजलाई दबाउन खाजेको भन्दै जेन–जीले सोमबार देशभर आन्दोलन गरेको हो । आन्दोलनमा सरकारले वर्वर दमन गरेको भन्दै सेलिब्रेटीहरुले समेत चर्को बिरोध गरिरहेका छन् ।